धिरेन्द्र तिवारी

कलैया,प्रेस चौतारी नेपाल बाराले संचारकर्मी रन्जना खतिवडालाई १५ हजार पाँच सय रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।चौतारी बाराको शनिवार बसेको बैठकले ढाडको नसामा पलाएको ट्युमरको शल्यक्रिया गरि स्वास्थ्यलाभ गरिरहेकी संचारकर्मी खतिवडालाई उपचार खर्चस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।प्रेस चौतारी नेपाल बाराले स्थापना गरेको राहत कोषबाट उक्त रकम हस्तान्तरण गर्ने गरिएको चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले जानकारी दिएका छन् । घरमा स्वास्थ्यलाभ गरिरहेकी खतिवडालाई उक्त सहयोग रकम हस्तान्तरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।चौतारी बाराको जिल्ला कमिटी सदस्य खतिवडाले एक महिना अघि काठमाडौंमा ट्युमरको शल्यक्रिया गराउनुभएको थियो । शल्यक्रियापछि खतिवडाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।चौतारी बाराका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सचिव कमलकुमार उपाध्याय, प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य गोकुल घोरसाइने, मधेस प्रदेश उपाध्यक्ष अनिल तिवारी, केन्द्रीय पार्षद पुष्पराज खतिवडा, जिल्ला कमिटी उपाध्यक्ष निलिशा बर्मा, सचिव जिउतप्रसाद यादव, कोषाध्यक्ष थानेश्वर सापकोटा, नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरव, सहसचिव दुश्यन्त चौधरी, कोषाध्यक्ष श्याम गुप्ता, जिल्ला कार्यसमिति सदस्य तुलसा घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply