कलैया,अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय बाराका एकजना खरिदार र लेखापढी तथा कानुन व्यवसायीलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।मालपोत कार्यालय बाराका राजश्व फाँटमा कार्यरत खरिदार रामविश्वास साह र लेखापढी काम गंरे गौरीशंकर कुशवाहलाई अख्तियार हेटौंडाको टोलीद्वारा १५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरिएको हो ।जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग १५ हजार रुपियाँ घुस रकम लिएको आरोपमा साह र कुशवाहलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौडाका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । सेवाग्राहीले उनीहरुविरुद्ध उजुरी दिएका थिए ।पक्राउ परेकाहरुले सेवाग्राहीसँग घुस लीइसकेको अवस्थामा मालपोत कार्यालय परिशर नजिकै रहेको पसलबाट उनीहरुलाई रकमसहित नियन्त्रणमा लिइएको हो । उनीहरुलाई नियन्त्रणमा राखेको थप अनुसन्धान भइरहेको दहालले बताउनुभयो ।

Leave a Reply