धिरेन्द्र तिवारी
कलैया,नेपाल कलवार कल्याण महासघ नेपाल र कलवार कल्याण सामाज बाराले प्रादेशिक अस्पताल कलैयामा उपचाररत ७० जना बिरामीहरुलाई फलफूल वितरण गरेको छ । समाजले कलैयाकै अस्पतालमा आउनु कुरुवाको लागि २ थान बेञ्च र अमृत अनाथालयका बालबालिकालाई खाजा पनि वितरण गरेको छ ।

कलैया प्रादेशिक अस्पतालमा शनिवार बिहान आयोजना गरिएको कार्यक्रममा नेपाल कलवार कल्याण माहासघका उपाध्यक्ष हरिकृष्णप्रसाद जयसवाल र कलवार कल्याण समाज बाराका अध्यक्ष मन्तोस चौधरीले संयुक्त रूपमा प्रादेशिक अस्पताल कलैयाका अध्यक्ष प्रकाश चौगाईलाई उक्त बेञ्च हस्तानतरण गर्नुभएको थियो ।अस्पताललाई बेञ्च सहयोग गरेकोमा अध्यक्ष चौगाईले नेपाल कलवार कल्याण महासघ र कलवार कल्याण समाज बारालाई धन्यवाद दिनुभयो । चौगाईले कलवार कल्याण समाजले हस्तान्तरण गरेको बेञ्चबाट अस्पतालमा उपचार गराउन आउने बिरामी र कुरुवाहरु लाभान्वित हुने बताउनुभयो ।
त्यसैगरि नेपाल कलवार कल्याण महासघ र कलवार कल्याण समाज बाराले प्रादेशिक अस्पताल कलैयामा ईमर्जेन्सी वार्ड, आईसियु वार्ड, जेनरल, वार्डका समेत गरी उपचाररत ७० जाना बिरामीहरुलाई फलफूल समेत वितरण समेत गरेको कलवार कल्याण समाज बाराका महासचिव बैधनाथ साह कलवारले जानकारी गराउनुभयो । कार्यक्रममा कलवार कल्याण समाजका उपाध्यक्ष बिजयकुमार जयसवाल, सदस्य मनोजकुमार जयसवाल, तेजनारायण जयसवाल, राजेशकुमार गुप्ता, ईमर्जेन्सी फाँटका प्रमुख प्रदीप यादव, कलैया अस्पतालमा रहेको प्रहरी बिटका वरिष्ठ प्रहरी हवल्दार बृजलाल गिरी लगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।त्यसैगरि समाजले शनिवार नै कलैयास्थित अमृत अनाथ आश्रममा बसोबास गरिरहेका २० जना बालबालिकाहरुलाई खाजा वितरण गरेको समाजका सहसचिव मदन जयसवालले जानकारी गराउनुभयो ।



















