निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित श्रीजनज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय समाजसेवी शंकर थोकर सर्वसम्मत चयन हुनुभएको छ ।विद्यालय व्यवस्थापन समितिको बिहीवारको बैठकले थोकरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको अन्य सदस्यहरुमा शर्मिला विक, लालबहादुर तामाङ्ग, विमला भ्लोन, गोमामाया श्रेष्ठ र सुदीप भट्टराई चयन हुनुभएको वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिनुभयो ।यसअघि गत हप्ता भएको अभिभावक भेलाबाट चुनिएका व्यवस्थापन समितिका ४ जना सदस्यको बैठकले शिक्षासेवी मध्येबाट थप २ जना सदस्य मनोनयन गरेसंगै व्यवस्थापन समितिले पूर्णता पाएको हो । अभिभावकबाट चयन भएका सदस्यहरुले बिहीवार नै बैठक गरेर शंकर थोकर र विमला भ्लोनलाई व्यवस्थापन समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो । समितिले पूर्णता पाएपछि भएको बैठकले थोकरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको वडा अध्यक्ष कटुवालले जानकारी दिनुभयो ।

Leave a Reply