बसन्त लामा

सिंगौल,निजगढ नगरपालिकाको वडा नम्बर १ टाँसीछ्योइलीङ बौद्ध गुम्बा परिसरमा बुधवार वृक्षारोपण गरिएको छ ।गुम्बा परिसरमा ५० वटा आँप, ३० वटा लिच्ची, ५ वटा धुपी, ६ वटा अशोक प्रजातिका विरुवा रोपिएको हो ।वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन र स्थानीय लगायतको सहयोगमा टाँसीछ्योलीङ गुम्बा परिसरमा वृक्षारोपण गरिएको हो ।असार साउन महिना विरुवा रोप्न उपयुक्त समय हुने भएकाले गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर लोप्चनको अध्यतामा वृक्षारोपणको थालनी गरिएको हो ।वर्षौ पहिलेदेखि वडा नम्बर १ मा स्थापना भएको गुम्बा परिसरको खाली जग्गा सदुपयोग गर्ने उद्देश्यले वडा नम्बर १ का जनप्रतिनिधि, समाजसेवी, राजनीतिका दलका प्रतिनिधिलगायतको सहमतिमा नगद आम्दानी हुने किसिमका विरुवा रोपिएको छ ।वृक्षारोपनका लागि आवश्यक आर्थिक सहयोग वडा नम्बर १ को वडा अध्यक्ष लोप्चन, गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर लोप्चन, स्थानीय शिक्षक राजाराम अधिकारीले उपलब्ध गराउनुभएको थियो ।गुम्बा जस्तो पवित्र स्थलमा हरियाली प्रवद्र्धन हुनका साथै आम्दानी गर्न सकिने विरुवा रोपिएको हो ।बौद्ध धर्मलाई हाल चौतर्फी घेराबन्दी गरिएको र कमजोर पार्ने षडयन्त्र गरिएको आरोप लगाउँदै अध्यक्ष लोच्चनले आफू धर्म जोगाउन प्रतिबद्ध रहेको बताउनुभयो ।निजगढ नगरपालिकाको वडा नम्बर ३ र १ मा गुम्बा स्थापना गर्न र बौद्ध धर्मको संरक्षण गर्न स्थानीय सरकार र राजनीतिक दलहरुले प्रमुख भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो ।

Leave a Reply