कलैया,बारा प्रहरीले ६७ लाख बराबरको भन्सार छलिको सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । जिल्लाका फरकफरक स्थानमा प्रहरीले चलाएको जाँच अभियानका क्रममा ६७ लाख ३९२ मूल्य बराबरका सामानसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ६ ख ४९४० नम्बर ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा लोड रहेका ६४ लाख ५६ हजार २४२ मूल्यका खुद्रा सामानको स्पोर्टिङ बिल नभएको नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

यसैगरी जितपुरसिमरा– २१ बाटै वीरगञ्जबाट काठमाण्डौँका लागि छुटेको ना ६ ख ७०३६ नम्बरको बसबाट १ लाख १४ हजार १५० मूल्यका २३० पिस फेसवास बरामद भएको प्रहरीले जनाएको छ ।

उता, प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीको चेकिङ टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर १० निलकण्ठवाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २ वटा गाई, ८ वटा बाछा गरी झण्डै १ लाख ३० हजार मूल्य बराबरको चौपाय नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।नियन्त्रणमा लिइएका पशुचौपाया, सामान तथा ट्रकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

Leave a Reply