दिपेन्द्र जयसवाल
गञ्जभवानीपुर,बाराको बारागढी गाउँपालिकामा प्रमुख प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार चौधरीले सोमवार पदभार ग्रहण गर्नुभएको छ ।गाउँपालिकाको कार्यालय खोपवामा दशौं कार्यालय प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नु आउनुभएका चौधरीलाई गाँउपालिकाका अध्यक्ष अशोककुमार जयसवालले सोमवार एक कार्यक्रमबीच स्वागत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष जयसवालको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा वडाअध्यक्षहरु, गाउँकार्यपालिका सदस्य,वडा सदस्य र कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत चौधरी गाँउपालिकाका जनप्रतिनिधि, कार्यालयका विभिन्न शाखाका प्रमुखलगायत कर्मचारी र संचारकर्मीहरुबीच गरिएको परिचयात्मक कार्यक्रममा पनि सरिक हुनुभएको थियो । स्वागत तथा परिचात्मक कार्यक्रमको संञ्चालन कार्यालयका लेखा अधिकृत अजय चौधरीले गर्नुभएको थियो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीलाई मन्त्रालयमा तानेर चौधरीलाई बारागढीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । प्रमुख प्रशासकीय अधिकृत चौधरी यसअघि जिल्ला निर्वाचन कार्यालय बाराको प्रमुख हुनुहुन्थ्यो ।


















