वीरगन्ज,नेपाल चिकित्सक श्रीमती संघ पर्साको आयोजनामा मंगलबार वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।वीरगन्जको छपकैयास्थित रक्त सञ्चार केन्द्रको परिसरमा आयोजित रक्तदान कार्यक्रममा १ जना महिला सहित २५ जनाले रगत दान गरेका छन् ।रगत दान गर्नेहरुमा रोशनी साह, साबीर अन्सारी, बाबुनन्दप्रसाद, दिपक सर्राफ, रामकृष्ण पराजुली, डा. सरोज रोशन दासलगायत रहेका छन् ।चिकित्सक श्रीमती संघ पर्साकी अध्यक्ष निता झाकको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमम चिकित्सक श्रीमती संघ पर्साले रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेलाई सम्मानित पनि गरेको थियो ।रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले पनि सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply