सर्लाही,मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफूले बन्द गराएका अवैध अस्पताल स्थानीय तहले खुलाइदिएको आरोप लगाउनुभएको छ ।सर्लाहीको बरहथवा नगरपालिका– १, नयाँ बजारमा आइतवार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले स्थानीय तहको संरक्षणमा अवैध अस्पताल सञ्चालन गराएको आरोप पनि लगाउनुभएको छ ।
‘मैले अनुगमन गर्दा दर्ता नै नभएका र मापदण्डविपरीतका अस्पताल बन्द गराएँ, तर स्थानीय तहले धमाधम खोल्न लगाएका छन् ।’ उहाँले भन्नुभएको छ ।जनमत पार्टीको नेतासमेत रहनुभएका मुख्यमन्त्री सिंहले अन्य पार्टीसँग मिलेर संयुक्त सरकार सञ्चालन गर्नुपर्दा अप्ठ्यारा झेल्नु परेको पनि बताउनुभएको छ ।

यसैबीच मुख्यमन्त्री सिंहसंग बरहथवा वडा नम्बर १ का स्थानीयले बागमती नदीको खर्सालघाटमा तटबन्ध निर्माण गरिदिन माग राखेका छन् । मुख्यमन्त्री सिंहले उक्त तटबन्ध निर्माणको काम सङ्घीय सरकारले गरिरहेको उल्लेख गर्दै प्रदेश सरकार पनि सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

Leave a Reply