वीरगञ्ज,प्रतीक दैनिकले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार वीरगञ्जकी महिला पत्रकार बिमला गुप्तालाई प्रदान गर्ने भएको छ ।प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले स्व. फोटोपत्रकार सुबोध सिंहको स्मृतिमा स्थापित उक्त पुरस्कार गुप्तालाई प्रदान गर्ने निर्णय गरेको हो ।५१ हजार राशीको उक्त पुरस्कार प्रतीक दैनिकको भदौ १ गते हुने वार्षिकोत्सव कार्यक्रममा प्रदान गरिनेछ । पत्रकार गुप्ता नागरिक दैनिक र पर्सा अनलाइनमा आवद्ध हुनुहुन्छ ।यसैगरी प्रतीक दैनिकले यस वर्षको उत्कृष्ट सम्वाददातामा धर्मेन्द्र चौरसिया, स्तम्भकारमा कुमार रूपाखेती र कर्मचारीमा महमद तबरेज हवारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।प्रतीक दैनिकले सुबोध स्मृति पत्रकारिता पुरस्कारबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दैआएको छ ।



















