रौतहट,जंगली हात्तीको आक्रमणबाट सोमवार रौतहटमा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ५० बर्षकी मिना मगर रहेकी छन् । घाँस काट्न गाँउ नजिकैको जंगलमा गएका बेला मगरलाई सोमबार बिहान ११ बजेतिर जंगली हात्तीले आक्रमण गरेको थियो ।रौतहटको धनसर जंगल क्षेत्रमा मगरलाई हात्तीले आक्रमण गरेको र उनको मृत्यु भएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षाक एकनारायण कोइरालाले जानकारी दिनुभयो । वन कर्मचारीका अनुसार विगत केही समयदेखि बारा र मकवानपुरमा उपद्रोह मच्याउदै आएको ‘यमगज’ नामको हात्तीको आक्रमणमा महिलाको ज्यान गरेको बताइएको छ । गत महिना बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ र मकवानपुरको मनहरीमा पनि सोही .हात्तीको अक्रमणबाट १÷१ जनाको ज्यान गएको थियो ।

Leave a Reply