निजगढ,मानव कल्याण समाज निजगढले आइतवार ‘अभिभावक स्नेह मिलन कार्यक्रम’ आयोजना गरेको छ ।समाजले सन्चालन गर्दैआएको मानवीय कल्याणको कार्यलाई अझै प्रभावकारी बनाउने उद्देश्यले निजगढ नगरपालिका वडा नम्बर ४ स्थित सेवा घरको प्राङ्गणमा ‘अभिभावक स्नेह मिलन कार्यक्रम’ आयोजना गरिएको हो । कार्यक्रममा सेवा घरलाई प्रभावकारी बनाउने बारेमा अभिभावकहरुको सल्लाहा र सुुझाव संकलन गरिएको थियो ।कार्यक्रम निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख तथा सेवा घरका अभिभावक आदरणीय सुरेशकुमार खनालको प्रमुख आतिथ्यता र बारा जिल्ला समन्वय समितिका उपप्रमुख आदरणीय चण्डिका उप्रेतीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । मानव कल्याण निजगढ शाखाका अभिभावक उपसमितिका संयोजक ज्ञानेन्द्रप्रसाद चौलागाईको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजसेवी रामकृष्ण घिमिरे, रविराज दङ्गाल, खडगप्रसाद उप्रेती, मजहर मन्सुर, स्थानीय बरपिपल एकादशी सत्सङ्ग समूह, राधासर्वेस्वर एकादशी सत्सङ्ग समूह, बाबा रामेश्वर धाम मन्दिर संरक्षण समिति परिवार लगायत सेवा घरका शुभेच्छुक, शुभचिन्तक, अभिभावक एवंम दाता महानुभावहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथि खनालले नगद ११ हजार रुपैया र सेवा घरको प्रसाशनिक प्रयोजनको लागि एक थान दराज सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।समाजले निजगढ क्षेत्रमा रहेका सडक मानवहरुको उद्धार गरेर सेवा घरमा राख्दै आएको छ । हालसम्म निजगढस्थित सेवा घरले १५ जना सडक मानवको उद्धार गरिसकेको छ । उनीहरुको घर र ठेगाना पत्ता लगाएर अभिभावकको जिम्मा लगाउने प्रकृया जारी रहेको समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिनुभयो ।

Leave a Reply