सिमरा,भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतन बहुअरीमा ६ वर्षीया बालिकाको मंगलवार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउकी प्रीतिकुमारी साह रहेकी छिन् ।गण्डकबाट वीरगञ्जतर्फ जाँदै गरेको डिएल १ चिएच २३६० नम्बरको कारले ऋषीमुनी साहकी छोरी प्रीतिलाई ठक्कर दिएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएकी प्रीतिको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिकालाई ठक्कर दिने कारसहित चालक सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बासवरियाका ३७ वर्षीय मुकेशप्रसाद यादव र भारत मोतिहारी भदहजका २७ वर्षीय मनिषकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार कारमा सवार दुवै जना सामान्य घाइते भएका छन् ।


















