बिदुर खडका
डुमरवाना, ८ मंसिर । राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने लक्षयका साथ जिल्ला स्तरिय अन्तर बिधालय ग्र्रासरुट लिग छनोट प्रतियोगिता सिमरा रंगशालामा संञ्चालन भईरहेको छ । कार्तिकको अंन्तिम साता देखि सुरु भई पुसको दोस्रो साता संम्म हुने लिग छनोट प्रतियोगितामा बाराका १३ वटा बिधालयहरुका १३ बर्ष भन्दा मुनिका २३४ जना बिधार्थीहरु फुटबल छनोट प्रतियोगितामा भाग लिईरहेको संयोजक राम चन्द्र लामा बताउछ ।
छनोटमा उत्कृष्त बिधार्थीहरुले प्रदेस स्तरिय फुटबल खेलमा भाग लिन पाउने छन भने प्रदेसबाट छनोट भएका बिधार्थीहरु राष्ट्रिय खेलको लागि छनोट हुने लामा जनाउछन् । हाल संम्म हामिले उत्पादन गरेका बारा जिल्ला का ३ जना खेलाडिहरु राष्ट्रिय स्तरमा खेलि बिदेशमा समेत खेलेर आईसकेको छन । आगामि दिनमा यसरिनै सबैको साथ पाएमा सिमरा क्षेत्रले उत्पादन गरेका फुटबल खेलाडिहरुले देशकै नाम राख्ने लामाको दाबि छ ।
लामालाई यति साना साना बाल बालिकाहरुलाई खेलमा रुचि बडाउदै हुनुहुन्छ कत्तिको सहयोग पाईरहनुभएको छ भन्ने जिज्ञासामा रंगशालाको भौतिक पुर्बाधार र आर्थिक सहयोगको कमिले सोचे जस्तो प्रतिफल नभएकोले आसाबादि रहेको लामा बताउँछन् ।