रौतहट २२ भदौ । नेपाली कांग्रेस रौतहटले आसन्न निर्वाचनको लागि १ सय ५० भन्दा बढी उम्मेदवारको नाम सिफारिश गरेका छन ।
आनसन्न निर्वाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कांग्रेसले ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा क्षेत्रको लागि करीब ५० जना सम्भावित उम्मेदवारको नाम प्रत्यक्ष तर्फ सय जनालाई समानुपातिक तर्फमा सिफारिस गरेका हुन ।

नेपाली कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णा प्रसाद यादवको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ र ३ बाट तथा प्रदेश सभाको ३ निर्वाचन क्षेत्र गरी ५ ठाउबाट नाम सिफारिस गरिएको हो ।
मधेश प्रदेशका सभापति यादवको नाम १ र ३ नम्वर क्षेत्रको प्रतिनिधि सभामा तथा प्रदेश सभाको लागि १ नम्वर क्षेत्रको क र ख एवं निर्वाचन क्षेत्र नम्वर ४ को ख गरी ५ स्थानबाट नाम सिफारिस गरिएको छ ।

क्षेत्रिय समितिको सिफारिसको आधारमा प्राप्त भएको सम्भावित उम्मेदवारको नामावली नेपाली कांग्रेस जिल्ला समिति रौतहटले निर्णय गरेर प्रदेश समितिमा सिफारिस गरी पठाइएको जिल्ला सभापति सुनिलकुमार यादवले जानकारी दिएका छन ।

रौतहट क्षेत्र नम्वर १ प्रतिनिधि सभाको लागि कृष्णप्रसाद यादवको एकल नाम सिफारिस गरिएको हो भने निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधि सभाको लागि निलम्वीत सांसद मोहम्मद आफताव आलम र अन्जु झा तथा क्षेत्र नम्वर ३ को प्रतिनिधि सभाको लागि कृष्णप्रसाद यादव, सुनिलकुमार यादव र ओमप्रकाश जायसवाल तथा निर्वाचन क्षेत्र नम्वर ४ प्रतिनिधि सभाको लागि देवप्रसाद तिमलसिना, रविन चन्द्र कोइराला, मिथिलेशकुमार मिश्र, शेख अमिरुल, कल्याण कार्की र सन्ध्या देवीको नाम सिफारिस गरिएको बताइएको छ ।

यस्तै प्रदेश सभाको जिल्लामा रहेको ८ क्षेत्र मध्ये रौतहट निर्वाचन क्षेत्र नम्वर १ को (क) मा कृष्णप्रसाद यादव, नागेन्द्र साह (ख) बाट कृष्णप्रसाद यादवको एकल नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्वर २ को (क) बाट सकिल अख्तर, लालविहारी साह, लालबाबु जयसवाल, शेख रासिद अली र पंकज सिन्हा । क्षेत्र नम्वर २ को (ख) बाट रामचन्द्र गिरीको एकल सिफारिस गरिएको छ ।

क्षेत्र नम्वर ३ को (क) मोहम्मद फिरोज आलम, बालमिकी प्रसाद यादव, राममंगल प्रसाद यादव, जवाहरलाल प्रसाद यादव र मोहम्मद शेराज । क्षेत्र नम्वर ३ को (ख) मा सुनिलकुमार यादव, नविनचन्द्र यादव, राजकिशोर प्रसाद साह, उमेश राय यदाव र भैरो लाल महतोको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्वर ४ को (क) मा धनलाल ठोकर, अजय कुमा, लेखनाथ कोइराला, जितेन्द्र चौधरी, संजयकुमार कार्की, सुर्य बहादुर थापा, केदार थापा, अधिकलाल चौधरी, मुकेश गिरी, गिता भारती गरी १० जनाको नाम सफारिस भएको छ ।
निर्वाचन क्षेत्र नम्वर ४ को (ख) मा कृष्णप्रसाद यादव, लालबाबु प्रसाद यादव, संजय यादव, गोविन्द साह, मोहम्मद जमसैद, शेख नजबुल्लाह, रामकृष्ण चौधरी, लक्ष्मण साह, लालबाबु सहनी, रामवशिष्ट राय यादव, उपेन्द्र साह र चुनचुन साह गरी १२ जना सम्भावित उम्मेदरवारको नाम सिफारिस सहित मधेश प्रदेश कार्यालयमा पठाइएको जिल्ला समिति रौतहटले जनाएको छ ।

समानुपातिक तर्फ सिफारिस गरिएका उम्मीदवारहरुमा
निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभाको लागि रामकृपाल यादव, नरेन्द्र पासवान, भुवनी गिरी श्रेष्ठ र विन्दा साहनी । निर्वाचन क्षेत्र १ को (क) मा शान्ति देवी, शम्भु प्रसाद यादव, डा. शाह नाज खातुन। चिरञ्जीवी प्रसाद सिंह, रामवशिष्ट राय यादव, प्रकाश कुमार सिंह, अनिताकुमारी साह, अम्बिका कुमारी गुप्ता र काशीलाल चौधरी (ख) मा सन्तुप्रसाद यादव, इन्दुकुमारी साह, नितेशकुमार गुप्ता, नजमा खातुन, सोविता सहनी, जिरमन्ति देवी यादव, सन्तलाल साह, हरेन्द्र राय यादव, रेणु यादव रहेका छन ।

क्षेत्र नम्वर २ प्रतिनिधि सभा तर्फ समानुपातिकमा सम्भावित उम्मेदवारहरु रामलोचन प्रसाद कलवार, जफिरा खातुन, धर्मेन्द्र पासवान, अन्जु झा प्रदेश तर्फ (क) मा मोहम्मद महताव आलम, गृषनन्दन कुमार सिंह, जमुना ठाकुर, प्रेमकुमार यादव, शेख फजरुल्लाह, निकहत वेगम, कौशर आलम, जुहीकुमारी झा, सामा अख्तर र रामलोचन प्रसाद कलवार (ख) मा रामचन्द्र गिरी, साहजहां वेगम, बचिया देवी, रेणुकुमारी यादव, सुरेश प्रसाद पटेल, मोसिमा वेगम, नवलकिशोर साह, शर्मिला देवीको नाम समावेश गरिएको छ ।
क्षेत्र नम्वर ३ प्रतिनिधि सभा समानुपातिक तर्फ निर्मला सुवेदी, फिरोज आलम । प्रदेश (क) तर्फ बालमिकी प्रसाद यादव, ज्ञानेन्द्र प्रसाद यादव, पवनराज गिरी, रामएकवाल राय यादव, शेख फैज अहमद, शेख कमरुद्दिन, आशाकुमारी यादव, शेख सनाउल्लाह, रमेशप्रसाद खरेल इन्दिरा देवी चौधरीर र मोहम्मद शेराज (ख) तर्फ सुनिलकुमार यादव, निलम देवी, हृदयनारायण राय यादव, रंगिला देवी जयसवाल, सुनिता देवी यादव, सति देवी, महादेव साह, जोगिन्द्र राय, उमाकान्त सहनी, उमेश चौधरी र प्रकाश श्रेष्ठ रहेको छ ।

क्षेत्र नम्वर ४ प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक तर्फ सरस्वती गिरी, अनिता कर्ण, अनन्त कोइराला र लक्ष्मि बराल । प्रदेश तर्फ (क) मा सुबास कोइराला, सपुतबहादुर कार्की, श्रृष्टि श्रेष्ठ, भागरिथ दास तत्मा, चन्द्रकुमारी गुरुंग, माहानन्द राय यादव, गणेश प्रसाद चौलागाई, सानुमाया ठोकर, प्रमोद हजरा, शैलेन्द्र चौधरी, विनोद गुप्ता तथा (ख) तर्फ शम्भु पटेल, सुनिता श्रेष्ठ, शेख तवारक, शेर मजिद, रोज महम्मद, विश्वनाथ राम यदाव, अदुद मिया कवारी, नेक महम्मद, इन्दल दास र गजेन्द्र पाल रहेका छन ।

Leave a Reply