नरेश गुप्ता

बरियारपुर,जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत प्रहरी निरीक्षक लक्ष्मण पाठकसहित तीनजनालाई बुधबार एक समारोहबीच बिदाइ गरिएको छ ।

२०४८ मंसिर १५ गते प्रहरी जवानबाट सेवा प्रवेश गरी अनवरत रूपमा देश र जनताको शान्ति सुरक्षाको लागि आफ्नो जीवनको अमुल्य समय प्रहरी सेवामा समर्पण गर्नु भएका प्रहरी निरीक्षक पाठक, प्रहरी नायब निरीक्षक रामप्रसाद साह, प्रहरी नायब निरीक्षक राजकुमार यादवको बिदाइ गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रमुख दिपेन्द्र शाही र प्रहरी नायब उपरीक्षक राजेश थापाले फूल, माला अबिर लगाएर बिदाइ गर्नु भएको थियो । सबैले ३० वर्षे सेवा अवधि पुरा गरी अनिवार्य अवकाश प्राप्त गर्नु भएको हो । उहाँहरुलाई मायाको चिनो दिएर बिदाइ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here