काठमाण्डौं,उपराष्ट्रपतिमा निर्वाचित भएसंगै बाराका रामसहाय यादवले प्रतिनिधिसभा सदस्य र जसपाको पार्टी सदस्यबाट राजीनामा दिनुभएको छ ।उपराष्ट्रपति यादवले संसद सचिवालयमा प्रतिनिधिसभा सदस्य पदको र जनता समाजवादी पार्टीका अध्यक्षलाई पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो ।जसपा अध्यक्षलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको व्यहोरासहितको पत्र पठाएका उपराष्ट्रपति यादवले संसद सचिवालयमा उपराष्ट्रपति पदमा निर्वाचित भएसंगै नेपालको संविधानको धारा ६२(६) बमोजिम प्रतिनिधिसभाको राजनीतिक पद स्वत रिक्त हुने व्यहोरा जानकारी गराउनुभएको छ ।उहाँ बारा क्षेत्र नं. २ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ । संसद सचिवालयमा लेखिएको पत्रमा उपराष्ट्रपति यादवले बारा क्षेत्र नम्बर २ को मतदाता र जिल्लाबासीलाई धन्यवाद समेत दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here