निजगढ,नेपाल तामाङ घेदुङ कोल्हवी नगरको दोश्रोे अधिवेशन शनिवार सम्पन्न भएको छ । कोलहबीको होटल मिस्टिक सभाहलमा सम्पन्न अधिवेशनबाट गोप लामाको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरिएको छ ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पद्मलाल घलान, हरिमाया तामाङ्ग, सचिवमा प्रविण तामाङ्ग, सहसचिवमा टेकबहादुर थिङ्ग र कोषाध्यक्षमा सुमित्रा योन्जन निर्वाचित भएका छन् ।त्यस्तैगरी सदस्यहरुमा हिराबहादुर पाख्रिन, ज्ञानबहादुर जिम्बालगायत सर्वसम्मत चयन भएका छन् । गोप लामाको अध्यक्षता भएको उक्त अधिवेशनमा प्रमुख अतिथि नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य लक्ष्मीमाया बल तामाङ्गले पानसमा दिप प्रज्वलन गरी उद्धाटान गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि र अथितिहरुमा नेपाल तामाङ घेदुङ मधेस प्रदेश कमिटीकी उपाध्यक्ष सुनमाया लोप्चन, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मीकुमारी चौधरी, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, केन्द्रीय सदस्य लक्ष्मीमाया बल, नेपाल तामाङ घेदुङ मधेस प्रदेश अध्यक्ष यमलाल बल, नेपाल तामाङ घेदुङ मधेस प्रदेश उपाध्यक्ष सुनमाया लोप्चन, नेपाल तामाङ घेदुङका मधेस प्रदेश कमिटी सदस्य संजिव लोप्चन, नेपाल तामाङ घेदुङ बारा जिल्ला अध्यक्ष एंवम निजगढ नगरपालिका वडा नम्बर(१३ का वडा अध्यक्ष सुर्य घलान, कोल्हबीका पुर्वअध्यक्ष श्याम तामाङ्ग, सामाजसेवी रामबाबु चौधरी, गोपाल लामा, निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चतन, निजगढ नगरपालिका वडा नम्बर ९ का पुर्ववडा अध्यक्ष टेकबहादुर लामा, कुमार मोक्तान, लगायतले तामाङ्गहरुको उत्थान र संरक्षणको बारेमा सहयोग गर्ने र नवनिर्वाचितहरुलाई शुभकामना दिनुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला तथा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष घलानले बारा जिल्लामा तामाङ्ग सामुदाय एकताबद्ध भएको र यसको नतिजा अबको केहि दिनमै प्राप्त हुने पनि बताउनुभयो । बारामा हिजोको दिनमा केही मानिसहरुले तामाङ्गहरुलाई घेदुङ्ग पार्टी भनेर भ्रमक अफवाहा फैलाएका कारण एकजुट हुन समस्या भएको र अब त्यस्तो अपबहमा तामाङ्ग समुदाय पर्न नहुने उहाँले बताउनुभएको थियो ।

Leave a Reply