पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वामा रहेको मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा आयोजना गरेको आँखा शिविरमा १८६ जनाले आँखा परीक्षण गरेका छन् ।आँखा जँचाएकाहरु मध्ये २२ जनामा मोतिया विन्दु फेला परेको छ । उहाँहरुको यसै साता निःशुल्क शल्यक्रिया गरिने शिविर आयोजक क्लबका सचिव जगदिप कोइरालाले जानकारी दिनुभयो ।तिलगंगा आँखा अस्पताल काठमाडौंको शाखा कार्यालय सामुदायिक आँखा अस्पताल निजगढको सहयोगमा शिविर सम्पन्न भएको हो ।शिविरमा आएका विरामीहरुको तिलगँगा आँखा अस्पतालका नेत्र साहायक दिपक सुवेदी, कृष्ण दुलाल, सुरुची महर्जन र त्रिषा थापाले आँखा परीक्षण गरेका थिए ।

















