कलैया,आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गर्नुभएको छ । शनिवार बाराको महागढीमाई नगरपालिका बरियारपुरस्थित गढीमाई मन्दिरमा आजपा जिल्ला कमिटीद्धारा आयोजित सर्वपक्षिय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो माग गर्नुभएको हो ।

विश्वमै प्रसिद्ध गढीमाईको मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सबैले आ आफनो तर्फबाट र सरकारले पनि पहल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको साहले टिप्पणी गर्नुभयो ।प्रधानमन्त्री केपी शर्मा ओली मधेसको विकास कहिल्यै नचाहेको बताउदै उहाँले गढीमाई मन्दिर मधेसमा भएकै कारण सरकारले कुनै चासो नदिएको आरोप लगाउनुभयो ।गढीमाई मन्दिरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने बताउदै साहले आफू शहरी विकास मन्त्री भएको बेला गढीमाईको नगरी महागढीमाईलाई स्मार्ट शहरको रुपमा विकासका लागि छनौट गरी विभिन्न योजनाहरु राखेको स्मरण गर्नुभयो ।हरेक पाँच वर्षमा लाग्दै आएको गढीमाई मेला यस बर्ष अगामी मँसिर १ गतेबाट लाग्दैछ । पशु बलिका लागि विश्वभरि नै यो मेला प्रसिद्ध रहेको छ ।

Leave a Reply