सिमरा, बाराको सिमरास्थित जगदम्बा स्टील्समा कार्यरत एक मजदुरको मंगलवार मृत्यु भएको छ । उद्योगमा एक्कासी अचेत भएर ढलेका भुलन चौधरीको मृत्यु भएको हो ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ घर भएका चौधरी उद्योगमा ढलेपछि उपचारका लागि तराई सिमरा अस्पताल लगिएको थियो । सिमराबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएका चौधरीको उपचारका क्रममा मृत्युु भएको हो ।चौधरीको मस्तिष्कघात (ब्रेन हेम्ब्रेज) का कारण मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ । चौधरीको शव शल्यपरिक्षणपछि परिवारलाई जिम्मा लगाइएको छ ।चौधरीको परिवारलाई उद्योग प्रशासनले राहतवापत १० लाख रकम दिने भएको छ । चौधरी लामो समयदेखि सो उद्योगमा कार्यरत थिए ।

Leave a Reply