रौतहट,लामो समयदेखि तलब नपाएपछि रौतहटको कटहरिया नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वंयसेविकाहरूले आन्दोलनको चेतावनी दिएका छन्।नगरपालिकामा हालै पुनः कार्यभार सम्हाल्नुभएका मेयर अजय प्रकाश जैसवाल निर्वाचित भएदेखि उनीहरूले तलब पाउन नसकेको भन्दै आन्दोलनको चेतावनी दिएका हुन । स्वंयसेविकाहरूले दशैंको तलब मात्रै नपाएका मात्र होइन, आगामी दीपावली र छठजस्ता पर्व नजिक आउँदा पनि हालसम्म कुनै संकेत नदेखिएको गुनासो गरेका छन्।

कटहरियाका ९ वटै वडामा गरी ५४ जना महिला स्वास्थ्य स्वंयसेविकाहरू कार्यरत छन । उनीहरूले १८ महिनादेखि तलब पाउन नसकेको बताउँदै आन्दोलनको चेतावनी दिएका हुन ।यसअघि, पूर्व मेयर सियाराम कुशवाहाले प्रत्येक चौमासिकमा मासिक ३ हजार रूपैयाँका दरले तलब भुक्तानी गर्ने प्रचलन थालनी गर्नुभएको थियो । जैसवाल मेयर बनेपछि उक्त तलबमा १५ सयको वृद्धि गरी ४ हजार ५ सय बनाइएको थियो । तर ६ महिनासम्मको तलब मात्रै उनीहरूले पाउन सकेको र त्यसपछिको तलब नपाएको बताइएको छ।

वडा नम्बर ८ मा कार्यरत स्वंयसेविका मिना ठाकुरका अनुसार आन्दोलनपछि असोजमा मेयर जैसवालले दसैंअघि नै तलब दिने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँको आश्वासनपछि आन्दोलन स्थगित गरिएको भएपनि हालसम्म खातामा तलब नपुगेको स्वंमसेविका ठाकुरले बताउनुभयो ।

Leave a Reply