सिमरा,तराई यातायात व्यवसायी संघ सिमराका नव निर्वाचित पदाधिकारीले सोमबार पदभार तथा शपथ ग्रहण गरेका छन् । सँघका नव निर्वाचित पदाधिकारीले एक कार्यक्रमकाबीच पदभार गर्नुका साथै पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।निर्वाचन समितिका संयोजक मुकुन्दबहादुर क्षेत्रीको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्वश्रममन्त्री एवं संघीय सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मधेश प्रदेश साँसद देवनारायण चौधरी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नारायणी यातायातका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।तराई यातायात व्यवसायी संघको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशनबाट छैटौं अधिवेशनको बन्दसत्रले ओमकृष्ण कार्कीको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।

Leave a Reply