बसन्त लामा

सिगौंल,यसपाली फलफुलको बोटमा धेरै फूल फुलेपछि निजगढ नगरपालिका सिंगौलका फलफूल खेती गर्ने किसानहरु खुसी बनेका छन ।आँप, लिची र कटहरको बोटमा झपक्कै फूल फुलेपछि यो वर्ष फल पनि धेरै फल्ने आशामा स्थानीय किसानहरु खुसी बनेका हुन । स्थानीयले लगाएको आँप र लिची कटहरको बगैचामा यसपाली फुल धेरै फुलेर बोटका हाँगाहरु लपक्क भुइँ छुने गरी नुहेकाछन ।फलफूलको राजा मानिने आँपमा पात नै नदेखिने गरी बोटमा मुजुरा लागेको छ । त्यसैगरी लिचीका बोट पनि राम्ररी फुलेकोले यसपाली फलको राम्रो उत्पादन हुने निजगढ नपा वडा नम्बर ३ की कान्छीमाया ब्लोनले बताउनुभयो । ‘आँपका बोटमा फुलले पात देखिएका छैनन, उहाँले भन्नुभयो, फुल फुलेको अनुसार चिचिला (फल ) पनि लाग्ने हो भने यसपालि फलफुल खेतीबाट राम्रो आम्दानी हुनेछ ।’आँप र लिचीमा यसपटक जत्तिको फुल यसअघि कुनै वर्ष पनि नलागेको उहाँको भनाइ छ । कान्छमाया जस्तै सिंगौलका किसान यसपालि आँप धेरै फल्ने आशामा हर्षित बनेका हुन ।

Leave a Reply