आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढमा महापर्व छठको उपलक्ष्यमा बुधवार कंकाली ईशरा पोखरी छठघाटको सरसफाइ गरिएको छ ।सशस्त्र प्रहरी बल बिओपी गोलागन्जको आयोजना पहलमा भएको सो सरसफाइमा पोखरीको डिल र आसपासमा रहेको फोहरलाई हटाएर सफा पारिएको छ । छठ् पर्वको पूर्वसन्ध्यामा भएको यो सरसफाइले छठ ब्रतालुहरुलाई सहज हुने बताइएको छ ।सशस्त्र प्रहरी बल गोलागन्जका प्रहरी निरिक्षक केशव शर्माको कमाण्डमा रहेको १५ जना प्रहरी जवानको सहभागितामा सो सरसफाइ गरिएको थियो ।

Leave a Reply