निजगढ,निजगढ नगरपालिकाले सेवाग्राही तथा अतिथिहरूका लागि चिया र कोल्ड ड्रिंक्सको साटो मोही खुवाउन शुरु गरेको छ ।चर्को घाम र गर्मीमा काम विशेषले कार्यालयमा आएका सेवाग्राही तथा अतिथिहरूलाई पालिकाले मोही खुवाएर स्वागत गर्न सुरु गरेको हो । स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने र सर्वसाधारणको स्वास्थ्यलाई समेत सकरात्मक प्रभाव पार्ने यो अभियान प्रशंसनीय देखिएको नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी र सचिव अनिल गौरवले बताउनुभएको छ । आइतवार दिउसो काम विशेषले कार्यालयमा पुग्नुभएका अध्यक्ष तिवारी र महासंघका सचिव गौरवलाई नगरपालिकाका कर्मचारीहरुले मही खुवाएर स्वागत गरेपछि उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन । ‘चिया र विदेशी कम्पनीबाट उत्पादित कोल्ड ड्रिङ्कसभन्दा स्वास्थको दृष्टिकोणले मही धेरै गुणा उपयोग छ, अध्यक्ष तिवारीले भन्नुभयो, यसबाट स्थानीय उत्पादनको प्रबद्र्धन हुने र किसान पनि लाभान्वित हुने छन ।’

निजगढ नगरपालिकामा दैनिक ५० देखि ७० लिटर मोही खपत हुने गर्दछ । चिया, कफी तथा अन्य पेय पदार्थको तुलनामा मोहीको सेवनले स्वास्थ्यमा धेरै फाइदा हुने र दूध उत्पादन गर्ने किसानहरूलाई पनि प्रोत्साहन मिल्ने पालिकाले जनाएको छ ।
बारामा १६ वटा पालिकामध्ये निजगढ नगरपालिका मोही खुवाउन सुरुवात गरेको हो । पालिकाको यो प्रयासले स्थानीय दुग्ध उत्पादक किसानहरूलाई प्रोत्साहन मिल्ने र सर्वसाधारणको स्वास्थ्यमा पनि सकरात्मक प्रभाव पार्ने निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बताउनुभयो ।निजगढ नगरपालिका वडा नम्बर ६ मा रहेको बागदेव दुग्ध उत्पादन सहकारी संस्थाले मोहीको उत्पादन सुरु गरेको छ ।

संस्थाले निजगढको शहीद चोकमा बिक्री केन्द्र खोलेर मोही लगायत दुधजन्य पदार्थहरुको बिक्री गर्दैआएको छ । बिक्री केन्द्रले सहकारीले उत्पादन गरेको मोहीलगायत दुध, दही, पनिर, खुवा जस्ता खाद्य पदार्थहरु बिक्री गर्दैआएको छ । बिक्री केन्द्रका संचालक राजकुमार लामिछानेका अनुसार केन्द्रबाट दैनिक १० हजार भन्दा बढीको दुधजन्य सामग्री बिक्री हुने गरेको जानकारी दिनुभयो । सहकारीले मोही प्रतिलिटर ५० रुपैयाँमा मोही बिक्री गर्दै आएको छ ।संस्थाले दैनिक १२ हजार लिटर दूध किसानहरूबाट सङ्कलन गरेर बजारसम्म पु¥याउने गर्दछ । दैनिक एक हजार लिटर दुध निजगढ नगरमै खपत हुन्छ भने ११ हजार लिटर दुध देशका विभिन्न बजारसम्म पु¥याउने गरेको छ । बाँकी दुधको पाउडर, घिउ, दहीलगायतका सामग्री बनाएर राख्ने र मागअनुसार बिक्री गर्ने गरिएको छ ।

Leave a Reply