पुष्पराज खतिवडा

मनहर्वा,सर्वोच्च अदालतले गत १२ गते गरेको निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेशको विरुद्ध बाराको बडहर्वामा पनि मशाल जुलुस सहित जनप्रदर्शन भएको छ ।

आइतबार साँझ जितपुरसिमरा उपमहानगरपालिका १८ को बडहर्वा चोकमा मसाल जुलुस सहित जनप्रर्दशन गरिएको हो ।

स्थानीय मौवादेवी युवा क्लबको अगुवाईमा भएको कार्यक्रममा सहभागीहरुले अदालतको कदम विरुद्ध नाराबाजी गर्दै मशाल जुलुस प्रदर्शन गरेका थिए । मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

सहभागीले अन्तर्राष्ट्रिय विमानस्थल बन्नैपर्छ । मधेश विरोधी हर्कत मुर्दावाद । विकास विरोधी होशियार भन्दै नारा लगाएका थिए । अदालतको फैसलापछि निजगढ, सिमरा, कलैया, कोल्हबी लगायत जिल्लाका मुख्य स्थानहरुमा निरन्तर आन्दोलन हुदै आएको छ ।

मशाल जुलुसपछि बडहर्वा चोकमा आयोजित कोणसभा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ वडा अध्यक्ष चतुरबाबु वाग्ले, सामाजिक अगुवा गोपिकृष्ण खतिवडा, विनिलप्रसाद अधिकारीलगायतकाले बोल्नु भएको थियो । वक्ताहरुले आन्दोलनलाई निरन्तरता दिन र जनसरोकारका विषयमा दवावमुलक कार्यक्रमहरु गरिरहनु पर्ने धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here