हामीभन्दा सयौं मिल टाढा रहेको मध्यपूर्व अथवा इरान र इजरायलकाबीचमा अहिले लडाइ जारी छ ।
हुन त यो लडाइ हालसालै भएको होइन । प्यालेटाइन, इरान अनि हिजबुल्लाहकाबीचमा भएको लडाइ एक वर्ष पूरा हुन लागेको छ । यो एक वर्षको अवधिमा त्यो क्षेत्रमा धेरै मानवीय र भौतिक क्षति भएको छ ।
विशेषगरी प्यालेष्टाइन भन्ने देश अनि गाजा भन्ने स्थानलाई इजरायले ध्वस्त बनाइ दिएको छ । एक वर्षको यो अवधिमा लडाइमा इजरायल कत्ति सफल भयो त्यसको पनि समीक्षा होला तर लडाइ नै समस्याको समाधान चैं होइन ।
हुन त उनीहरुकाबीचमा अहिले मात्र लडाइ भएको पनि होइन । विगतमा पनि कयौं पटक लडाइ भएका छन् । गाजमा भिडिरहेको इजरायल अब बेरुततिर लागेको छ अनि इरानले पनि इजरायलविरुद्ध धावा बोलेको छ ।
यो भनेको मध्य पूर्वमा अब अझै भयानक खालको लडाइ पनि हुन लागिरहेको छ । यो लडाईको गन्तव्य के होला त्यो स्पष्ट छैन तर यसले क्षति थप गर्ने निश्चित छ ।
यसले विश्वको पनि असार गर्नेछ । नेपाल जस्ता देशहरु पनि भोलि लडाइमा च्यापिने संभावना उत्तिकै रहन्छ । त्यसैले पनि लडाइको बिरुद्धमा नेपालले आवाज उठाउन जरुरी छ । त्यसो त नेपालको कुराको सुनुवाइ त हुदैन नै । नेपालले शान्तिका लागि अहिले पनि पहल त गरेकै छ । त्यही ठाउमा नेपाली सेना विगत कयौं वर्षदेखि पठाइरहेको छ तैपनि अब लडाइ रोकियोस् भनेपनि बढ्ने वला छ र जसले विश्वलाई असर गर्ने निश्चित छ ।















