बारा,आगो ताप्ने क्रममा जलेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडिमा एक वृद्धा महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा ६० वर्षीया किमैनादेवी यादव रहेकी छिन् ।जिल्लाको सुवर्ण गाँउपालिका वडा नम्बर ३ घर भई हाल उचिडिमा बस्दै आएकी महिला आफ्नै घरको बरण्डामा बालेको आगो ताप्ने क्रममा बुधवार दिउसो जलेकी हुन् । लुगामा सल्किएको आगो फैलिएर उनको शरीरको विभिन्न भाग जलेको थियो ।घाइते महिलाको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । कलैया प्रादेशिक अस्पताल र चितवन मेडिकल कलेज हुँदै घाइते महिलालाई किर्तिपुर अस्पताल लगिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।














