नरेश गुप्ता
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरमा वन सुरक्षाकर्मी र प्रहरीको संयुक्त गस्तीको टोलीले मंगलबार सालको काठ बरामद गरेको छ ।
प्रहरी चौकी जैतापुर र वन कार्यालय जैतापुर पोष्टबाट निस्किएको संयुक्त गस्ती टोलीले जैतापुरस्थित आँपको बगैचामा लुकाइछिपाइ चिरान हुदै गरेको १० क्युफिट सालको काठ बरामद गरेको हो ।
गस्तिले करिब ४८ हजार मूल्य बराबरको सालको गोलिया, १ थान साइकल र काठ चिर्न प्रयोग भएको १ थान आरासमेत बबरामद गरि जैतापुर वन पोष्टमा बुझाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।
घरेलु मदिरा उत्पादन गर्ने ४ वटा भट्टी नष्ट
प्रहरीले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ भवानीपुरमा अबैध रुपमा संचालनमा रहेका ४ वटा मदिरा भट्टी नष्ट गरेको छ । प्रहरी चौकी पथलैया र जैतापुरबाट खटेको संयुक्त टोलीले उक्त क्षेत्रमा अवैध रुपमा संचालनमा रहेका घरेलु मदिरा बनाउने ४ वटा भट्टी नष्ट गरी मदिरा बनाउन प्रयोग गरिने ५ सय ५० लिटर कच्चा पदार्थ र ५० लिटर तयारी मदिरा वरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । प्रहरीले जिल्लामा संचालन हुदै आएका अबैध मदिरा भट्टी नष्ट पार्ने अभियानलाई जारी राख्ने प्रवक्ता थापाले जानकारी दिनुभएको छ ।

















