कलैया,पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउन थालेको हो ।यसैबीच हेटौंडा उपनगरपालिका वडा नं ९ बस्ने अस्मिता भट्टराईले आफ्नो श्रीमान सुुरेन्द्रप्रसाद न्यौपानेको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार स्वरुप दिनुभएको छ । उहाँले श्रीमानलाई एशियन लाइफ इन्स्योरेन्सको एशियन दम्पती सुरक्षा प्लस योजना बीमा पोलिसी खरिद गरि उपहार दिनुभएको हो ।उहाँले भन्नुभयो, ‘आज गरेको बीमाले भविष्य सुरक्षित गर्छ, त्यसकारण जन्मदिनमा श्रीमानलाई बीमा पोलिसी उपहार दिएकी हुँ ।’ उहाँले आफ्नो श्रीमानको १५ लाखको बीमा खरिद गरि उपहार दिएर जन्मदिन मनाउनुभएको छ ।एउटै बिमालेखबाट श्रीमान र श्रीमतीको बराबर जोखिम बहन हुनुको साथै २५०÷२५० गरी बिमाङ्कÞको ५०० प्रतिशत भन्दा बढी जोखिम बहन शुरू भएको कम्पनीका सिनियर बिमा एड्भाइजर राजु शाहले बताउनुभयो ।एशियन लाइफ इन्सोरेन्स हेटौंडा शाखाका प्रबन्धक हिरालाल श्रेष्ठले जीवन हुँदा पनि र नहुँदा पनि एकले अर्कालाई निरन्तर सम्झिने गरी समझदारीपुर्ण निर्णय लिइ बिमा गराउनु भएकोमा हार्दिक बधाईसहित दम्पतिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।



















