वीरगञ्ज । छात्रालाई अभद्र ब्यवहार गरेको आरोपमा वीरगञ्जका एक जना प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले छात्रालाई दुव्र्यवहार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वामा रहेको पिस जोन एकेडमीका प्रिन्सिपललाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा विद्यालयका प्रिन्सिपल सर्लाहीको हरिपुर्वा नगरपालिका–४ डुमरिया बस्ने ३५ बर्षिय राकेश यादव रहेका छन् । उनले विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा माथि अभद्र व्यवहार गरेको हुदाँ नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।गत बुधबार पक्राउ परेका यादवलाई हिजो राति साढे नौ बजेको समयमा मुटुको समस्या भएपछि उपचारको लागि नारायणी अस्पतालमा पठाइएको तथा थप उपचारको लागि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर भएको गिरीले बताउनुभयो ।घटना विषयमा थप अनुसन्धान भईरहेको डिएसपी गिरीको भनाइ छ ।