मनहर्वा,नेपाल सरकारकी नवनियुक्त बिनाविभागीय मन्त्री ज्वालाकुमारी साह सोमवार बारामा सम्मानित हुनुभएको छ ।बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साह संघीय सरकारको मन्त्री नियुक्त भएपछि नेकपा एमाले निर्वाचन परिचालन कमिटी बारा ३ (क) डुमरवानास्थित मदन–आश्रीत भवनमा कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।मन्त्री साहलाई क्षेत्रीय निर्वाचन प्रचार कमिटीका संयोजक अनिलकुमार मैनालीले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । यही पौष ११ गते प्रचण्ड नेतृत्वको सरकारमा साह मन्त्री नियुक्त हुनुभएको हो ।मन्त्रालयको टुँगो लाग्न बाँकी रहेको अवस्थामा गृह नगर आउनु भएकी मन्त्री साहलाई जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता र स्थानीयले सम्मान गरिरेहका छन् ।सम्मान कार्यक्रमपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री साहले ग्रामीण क्षेत्रको समस्या समाधान गर्न आवश्यक विकास योजना बनाएर सहयोग गर्न पार्टी कार्यकर्ता र सर्वसाधारणसंग आग्रह गर्नुभयो । ‘म जिल्लाको विकासको लागि योजना पार्न केन्द्रमा पहल गर्छु, मन्त्री साहले भन्नुभयो, त्यसको लागि तपाईहरुले सहजीकरण तथा समन्वय गरिदिनुस् ।’र्काक्रममा निर्वाचन प्रचार प्रसार कमिटीका सदस्यहरु, पार्टीका नगर, जिल्ला र प्रदेश कमिटी सदस्यहरु एवं कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको एमाले जिल्ला कमिटी सदस्य सीमा ठकुरीले जानकारी दिनुभयो ।

















