कलैया,जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको हो ।अमलेखगञ्जबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो भाग्ने क्रममा चेकिङ्गमा खटिएको प्रहरी टोलीले उक्त अटोलाई पछ्याउँदै नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई चेकजाँच गर्दा अटोभित्र लुकाईछिपाई ल्याइएको १२ किलोग्राम अवैध लागुऔषध गाँजा फेला परेको बारा प्रहरीले जनाएको छ ।बाराका प्रमुख प्रहरी उपरीषक होबिन्द्र बोगटीका अनुसार लागुऔषध गाँजासहित बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी निवासी २५ वर्षीय नरेश बम, सोही ठाउँका ३५ वर्षीय सुरेश स्याङ्तान र ४३ वर्षीय हिरामान थिङ्लाई पक्राउ गरिएको छ ।उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीषक बोगटीले जानकारी दिनभयो ।


















