सामाजिक संजाल हेरियो भने मुख्यतः आफूलाई उदाउँदो र नयाँ राजनीतिक शक्ति भन्ने गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको बढी नै बोलावाला देखिन्छ ।संजाल हेर्दा रास्वपाले फागुन २१ म हुने चुनावमा मानौं बहुमत नै ल्याउन सक्छ तर पछिल्लो समय भने संजालमाभन्दा पनि धरातलमा भने अलिक फरक देखिएको छ ।अन्य दलको विकल्पमा मतदाताले यो पार्टीलाई रोज्न खोजेको भन्ने पनि देखिएको छ र पुराना दलका कारण पनि जनताले एक पटक नयाँ हेरौं भन्ने पनि गरेको यदाकदा सुनिएकै हो तर यो पार्टीमा जोडिएका केही व्यक्तिहरुले त्यही पार्टी धमाधम छाडेपछि भने धेरै प्रश्न उठेको छ ।
नयाँ भनिएको रास्वपा छाडेर फेरि पुरानातिर नै उनीहरु लागेको देखिन्छ । केही दिनअगाडि मधेशमा यस्तो देखिएको थियो फेरि सोमबार मात्रै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि यस्तै देखियो । रास्वपाका मकवानपुर जिल्लाका सभापति नै काँग्रेसमा गएको पाइयो । ल, रास्वपामा बस्न मन लागेन रे स्वतन्त्र भएर बस्न पनि सकिन्छ नि । फेरि पुरानै पार्टी रोजेको पनि त देखियो ।
अहिले नयाँमा एक खालको क्रेज छ । यो सत्य हो । भोट कत्ति र कसरी आउछ त्यो त समयले देखाउला नै तर नयाँलाई रोज्ने भनदै गर्दा हिजो अप्ठेरो अवस्थामा पार्टीका रहेकाहरुले चुनावकै मुखमा किन पार्टी छाड्दैछन् ? किन उनीहरुमा वितृष्णा आउदैछ ? एकाधले छाडेको भए यो प्रश्न खासै सान्दर्भिक हुने थिएन होला तर धेरैले छाडेपछि प्रश्न उठेको छ र अब यसको जवाफ रवि र बालेनहरुले दिन जरुरी छ आवश्यक पनि पर्दछ । आखिर किन वितृष्णा भयो त नयाँसँग पनि ?


















