निजगढ,बलात्कारको आरोपमा पक्राउ परेका निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई प्रहरीले सोमवार जिल्ला अदालत बारामा पेस गरेको छ ।घटनापछि फरार रहदै आएका वडा अध्यक्ष श्रेष्ठ आइतवार आफै हाजिर हुन आएपछि नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि म्याद लिन प्रहरीले अदालतमा बुझाएको हो । प्रहरीले घटनाको अनुसन्धानको लागि अदालतबाट ५ दिनको म्याद पाएको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक संन्जिव ओलीले जानकारी दिनुभयो । प्रहरीको फरार सुचीमा रहेका श्रेष्ठ आइतबार राति ८.३० बजे आफै निजगढ इलाका प्रहरी कार्यालयमा आएका थिए । उनी तीन महिना अघिदेखि फरार रहदै आएका थिए ।उनीमाथि गत असोज १९ गते छिमेकी किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेको थियो । पीडित किशोरीले वडा अध्यक्ष श्रेष्ठविरुद्ध गत असोज २५ गते इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएकी थिइन् । आरोपित वडाध्यक्ष श्रेष्ठ घटना भएदेखि नै फरार बनेका थिए ।उजुरी दिएपछि प्रहरीले किशोरीको असोज २५ गते नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराई जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजी गर्दै आएको थियो । प्रहरीले आरोपित श्रेष्ठको खोजी कार्यलाई तीव्र पारेपछि आफूलाई असुरक्षित महसुस गरेर उनी प्रहरीको सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक ओलीले बताउनुभयो । प्रहरीले श्रेष्ठको मोबाइलको फोन ट्यापिङ्ग गरेर गरेर उनी लुकेर बसेको हुनसक्ने शंभावित क्षेत्रमा समेत निगरानी बढाएको थियो ।श्रेष्ठलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निरीक्षक ओलीले बताउनुभयो ।वडा अध्यक्ष फरार बनेपछि वडाको कार्य भने वडा सदस्य पुष्कर खडकाले कार्यवाहक सम्हालेर काम गर्दै आउनुभएको छ ।यसैबीच इलाका प्रहरी कार्यालय निजगढले छिमेकी १५ वर्षिय किशोरीमाथि जबरजस्ति करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा लिएको हो । चौधरीले कोठामा पुगेकी किशोरीलाई ललाइफकाइ बरजस्ति करणी गरेको भनेर आफ्न्तले जानकारी दिएपछि शनिवार राति नै पक्राउ गरेको निरीक्षक ओलीले जानकारी दिनुभयो । चौधरीमाथि जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको निरीक्षक ओलीले बताउनुभयो ।

Leave a Reply