निजगढ,हुरीले ढालेर केराबालीमा नोक्सानी भएपछि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पीडित किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । मैनालीले आइतवार प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै क्षतिपूर्तिको माग गर्नुभएको हो ।गत वर्ष पनि निजगढका किसानको केरा हुरीले नष्ट गरेको र हिमालय इन्सुरेन्सले किसानलाई बिमा रकम उपलब्ध नगराउँदा किसानहरु मार्का बेहोर्नु परेको मैनालीको भनाइ छ । कृषि मन्त्रालयको संवेदनहिनता र लापरबाहीका कारण निजगढका किसानले हरेक वर्ष नोक्सानी बेहोर्दै आउनुपरेको मैनालीको भनाइ छ । त्यसैगरी सांसद मैनालीले तामागढी सिम्रौनगढ सडक खण्डको जग्गाको मुआब्जा यसै वर्ष उपलब्ध गराउनुपर्ने माग गर्दै ऐतिहासिक एवम् पूरातात्विक स्थल सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रियाको थालनी गर्न आग्रह पनि गर्नुभएको छ ।एक साताअघि आएको हावा हुरीले केराको बोट ढलेपछि निजगढका किसानहरुको करोडौं मूल्य बराबरको क्षति भएको छ । गत मंगलवार साँझ आएको हुरीले पाक्न लागेको केराको बोट ढालेर नष्ट गरेपछि किसानहरुलाई क्षति पुगेको हो । निजगढका किसानले रोपेकोे केरामध्ये करिव ७० प्रतिशत केरा हुरीले ढालेर नष्ट पारेको निजगढ ९ का किसान माधव न्यौपानेले बताउनुभएको छ । आफूले खेती गरेको १५ बिघा मध्ये ५० देखि ९० प्रतिशतसम्मको केरा बालीमा क्षति भएको न्यौपानेले बताउनुभयो । उहाँले आफ्नो मात्रै ४० लाखभन्दा बढी मूल्यको केरामा नोक्सानी भएको बताउनुभएको छ । न्यौपानेका अनुसार निजगढका अन्य किसानको केराबालीमा पनि हुरीले उत्तिकै क्षति भएको छ ।सरकारले यो वर्ष केराबाली हुने नोक्सानीमा बिमाको व्यवस्था नगरेकाले किसानहरु थप मार्कामा परेको अर्का किसान मानबहादुर श्रेष्ठ बताउनुहुन्छ । सबै कागजपत्र तयार पारेर बुझाउदा पनि कम्पनीले यसपटक केरा खेतिको बिमा गर्न नमानेको उहाँको भनाइ छ । केराको बिमा गर्ने पोलिसी नभएकोले बताउदै कम्पनीले बिमा नगरेको हो ।अघिल्लो वर्ष हुरीले क्षति पुर्याएपछि किसानले बिमा कम्पनीसंग क्षेतिपुर्ति बापत ठुलो धनराशी दाबी गरेपछि कम्पनीले केराको बिमा गर्ने पोलिसी रोकेको किसानहरुको भनाइ ।निजगढमा ५ सयभन्दा बढी किसानले सयौं हेक्टर जमिनमा खेरा खेती गर्दै आएका छन । अन्य बालीभन्दा केरामा राम्रो आम्दानी हुने भएपछि किसानहरु केरा खेतीतर्फ आकर्षित भएका हुन । तर हावाहुरीका कारण स्थानीय किसानले मार्का बेहोर्नुपर्ने आवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here