रौतहट,रौतहटको ईशनाथ नगरपालिका– ६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको ज्यान गएको छ । अर्की एक बालिका घाइते भएकी छन् ।मंगलवार राति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उहाँकी १२ वर्षीया छोरी राजिया खातुन सुतेको अवस्थामा आगोमा जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राजियाको ज्यान गएको र उनकी बहिनी १० वर्षीया सजिया खातुन घाइते भएकी छन् । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भैरहेको छ ।आगोले मोजिबुलको घरसहित १६ लाख रुपैयाँ र शेख ईशराजको घरसहित दुई लाख रुपैयाँ गरी १८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भुस र दाउराबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान छ । आगो मंगलवार राति नै निभाइएको थियो ।

Leave a Reply