बिभिन्न आरोह अवरोधकाबीच बिक्रम संवत् २०७९ साल अब सदाका लागि बिदा भएको छ ।आज बिहानको सूर्यको किरणसंगै हामीबीच नयाँ वर्ष शुरु भएको छ । नयाँ वर्षले नयाँ सोच र बिचार सहित नयाँ पविर्तन अपेक्षा गरिनु स्वभाविक नै हो । नयाँ वर्षको कुरा गरिरहदा ०७९ सालको समीक्षा हुन आवश्यक देखिन्छ । राजनीतिक रुपमा भने ०७९ साल नेपालको सवालमा र बिश्वका सवालमा समेत निकै तनाबपूर्ण रहन पुगेको छ ।नेपालको कुरा गर्ने हो भने यो वर्ष नेपालमा दुई वटा निर्वाचन भए । स्थानीय तह र आम चुनाव भयो । निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्नु पनि परिवर्तन नै हो । त्यसो त यही वर्ष निकै टाडिएका माओवादीका अध्यक्ष र एमालेका अध्यक्षबीचमा पनि गज्जबको गठजोर भयो तर त्यो लामो समयसम्म भने रहन सकेन । यद्यपि मिलाप भने भयो ।
फेरि माओवादीको गठबन्धन अरुसंगै भयो । जे भएपनि राजनीतिक रुपबाट ०८० साललाई ०७९ सालले केही नयाँ काम गर्ने गरी जिम्मा दिएको छ । बिश्वमा पनि यस्तै राजनीतिक परिघटनाहरु भए । कोरोना भने लगभग सकिएकोमा थोरै देखियो । बिगतको वर्ष जे भएपनि अब नयाँ वर्षले हर्षोउल्लासको वातावरण बनोस, देशमा अकालमा कसैले ज्यान गुमाउन नवपरोस, आपसी सदभावको भावना पलाओस यो नयाँ वर्षको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना ।
















