राजकुमार यादव
रौतहट,नेपाल तुरहा कल्याण समितिको चौथो केन्द्रीय बार्षिक सधारण सभा बौधीमाई नगरपालिका– ७ बंकुलमा एक कार्यक्रमबीच शनिवार सम्पन्न भएको छ ।राष्ट्रिय पहिचान, जातीय स्वाभिमान, समग्र र आत्मसम्मान रक्षाको लागि तुरहा समुदाय एकजुट होऔं भन्ने नाराको साथ सरमुजवा बंकुलस्थित सीता पार्टी पैलेसमा तुरहा कल्याणका केन्द्रीय अध्यक्ष विपिन साह तुरहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेपाल भारतका तुरहा समुदायका विभिन्न पदमा रहेको अधिकारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा तुरहा जातिको शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिकमा पछाडि पर्नु पर्ने कारणको विषयमा विशेष छलफल भएको थियो । कार्यक्रममा समाजको केन्द्रीय र रौतहट जिल्ला स्तरीय नयाँ कार्यसमिति पनि गठन गरिएको छ । केन्द्रीय कार्यसमितिको अध्यक्षमा विपिन साह तुरह, उपाध्यक्ष हरिवंश साह तुरहा, कोषाध्यक्ष हरिशचन्द्रप्रसाद तुरहा, महासचिव उमेशप्रसाद साह, सचिव ओमप्रकाश साह, संरक्षक प्रमेश्वर साह तुरहा र सदस्यमा जितेन्द्र प्रसाद साह, मनोज साह तुरहा, दिपेन्द्र साह, दिपककुमार साह, गुडिया देवी तुरहा, लालपरी देवी तुरहा, तेतरीदेवी तुरहा सहित १३ सदस्य रहेका छन ।त्यस्तै रौतहट जिल्ला समितिको अध्यक्षमा संजय साह तुरहा, उपाध्यक्ष अकलु साह तुरहा, कोषाध्यक्ष रामविनय साह तुरहा, सचिव अर्जुन साह तुरहा, सहसचिव प्रेमलाल साह तुरहा र सदस्यमा छठु साह तुरहा, गंगाराम साह तुरहा, रूपलाल साह तुरहा, मालाकुमारी साह, गायत्री देवीसहित ११ जना रहेका छन् ।कार्यक्रमको प्रमुख अतिथिमा रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य करणकुमार साह, विशेष अतिथिमा बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादव, अखिल भारतीय जागरण मन्चका अध्यक्ष प्रमेश्वर साह तुरहा र इशनाथ नगरपालिकाका निवर्तमान नगर प्रमुख संतोष मेहतालगायत विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

















