निजगढ,निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि संचालन हुने भएको छ । आयोजक निजगढ युवा क्लवले प्रतियोगिता बारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जनाउदै शनिबारदेखि प्रतियोगिता संचालन हुने जनाएको छ ।
निजगढ मेयर गोल्ड कप निजगढ मेयर कपको चौथो संस्करण हो । मधेशका विभिन्न ८ वटा क्लवहरुको सहभागिता रहेको प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुने आयोजक निजगढ युवा क्लवले जनाएको छ । प्रतियोगितामा आयोजक निजगढ सहित बकुलिया फुटबल क्लव बारा, बारा एघार, नवजनजागृति युवा क्लव बारा, वीरगन्ज युथ एकेडेमी, नेपाल खेलकुद क्लव रौतहट र हरिवन फुटबल क्लव सर्लाहीको सहभागिता रहेकोछ ।
निजगढ नगरपालिका मुख्य सहयोगी रहेको प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्ने छ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैंया प्राप्त गर्नेछन । त्यसैगरी विधागत रुपमा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र उच्च गोलकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्ने छन ।


















