वीरगञ्ज,जनमत पार्टीका केन्द्रीय सचिव तथा पर्सा जिल्ला सहइन्चार्ज र जिल्ला सचिव लगायत नेताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

आइतवार वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सहइन्चार्ज मुकेश द्विवेदी र जिल्ला सचिव शशी पाण्डेसहितका नेताहरूले जसपामा प्रवेश गरेका हुन् । उनीहरूलाई नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशहरूमा वीरगञ्ज महानगरपालिका कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी र वीरगञ्ज महानगरपालिका– १ का एकाइ सभापती चन्दन साह कानु पनि रहेका छन् ।

जसपाको केन्द्रीय उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले जनताको भावनालाई सम्बोधन गर्न र समृद्ध नेपालको परिकल्पना साकार पार्न नवप्रवेशहरूको सक्रियता अपेक्षित रहेको पनि बताउनुभयो ।

Leave a Reply