कोरोनाको तेश्रो लहरका कारण अहिले मुलुक आक्रान्त छ । कोरोनाको तेश्रो लहरको रुपमा रहेको ओमीक्रोनका कारण देशको विद्यालय सहितका केही संरचनाहरु बन्द भएको पनि दुई साता भएको छ । दुई सातामा कोरोनाको यो तेश्रो लहरको समीक्षा गर्ने हो भने यो त्यत्ति हानिकारक छैन । पहिलो भन्दा दोश्रो डेल्टा भन्दा कमै खतरानक यो देखिएको छ ।
यसकोपछाडि खोप पनि मुख्य कारण हुन सक्छ । दोश्रो लहरका जसरी धेरै नागरिकहरु अस्पतालमा पुग्न पर्ने अवस्था सृजना भएको छैन । अब यो भनेको फेरि कोही संक्रमित भएपनि त्यस्तो जटिल अवस्था आउने छैन । यो ओमीक्रोनबाट धेरै नागरिक भने संक्रमित भएकै हुन् ।
कतिले परीक्षण गराएर संक्रमण बारे थाहा पाए भने कत्तिले यत्तिकै लक्षणको आधारमा अनुमान गरेका हुन् तर महामारी फैलिएकै हो । त्यसैले पनि माहामारीले धेरै असर नेपालमा पनि गरेकै छ । अब कोरोनाबाट बच्नका लागि सावधानी अपनाऔं । बुष्टर डोज पनि लगाऔं तर आत्तिएर लकडाउन लगायतका हर्कत नगरौं बरु विद्यालय पनि संचालन गरौं ।