कोल्हबी,कृपा दैनिकका कोल्हबी सम्वाददाता जियालाल चौधरीको घरमा रहेको पसलमा आइतवार राति चोरी भएको छ । चोरहरुले पसलबाट नगद १७ हजार रुपैयासहित श्रीमतिको सुनको गहना र पसलमा रहेका केही सामानसमेत गरी डेढ लाख बराबरको सामान चोरी गरेर लगेको चौधरीले बताउनुभयो ।

छिमेकीको घरको छलबाट चौधरीको घर र पसलमा प्रवेश गरेका चोरहरु छिमेकीको घरमा समेत चोरीको प्रयास गरेका थिए । छिमेकी राजकुमार चौधरीले तकियामूनि मोवाइल राखेर सुतेको अवस्थामा सो मोवाइल तान्ने क्रममा थाहा पाएपछि हल्ला भएको र चोरहरु भागेको चौधरीले बताउनुभयो ।

इलाका प्रहरी कार्यालयबाट करिव १ सय मिटरको दुरीमा रहेको चौधरीको पसलमा भएको चोरीको घटनाले कोल्हबीमा शान्ति सुरक्षामा स्थानीयले प्रश्न गर्न थालेका छन ।

Leave a Reply