विकास र समृद्धिकालागि सहकारी अभियानसँगको सहकार्य प्रभावकारी हुन्छ ः बच्चा यादव

0
994

बारा
१० चैत्र २०७७
भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ जनकपुरधामको आयोजनामा मंगलबार बाराको कलैयामा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको विकास समितिका सदस्य एवं प्रदेश सभा सदस्य बच्चा प्रसाद यादवले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथी समेत रहेका यादवले प्रदेशको विकास र समृद्धिकालागि सहकारी अभियानसँगको सहकार्य प्रभावकारी हुने बताए । तराईको उर्भरभुमि सदुपयोग गरि कृषि उत्पादन वृद्धि गर्ने सरकारी योजनाका साझेदार सहकारी संस्थाहरुलाई बनाउन सके जनताको जीवन स्तर माथी लैजान समय नलाग्ने उनले बताए ।
यस्तै कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बारा जिल्लाको कृषि क्षेत्रको अवस्था सुधार गर्न सके प्रयाप्त आम्दानी गर्न सकिने बताए । अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सक्ने गरी खाध्यान्न उत्पादन र ब्यवस्थापन गर्न सक्दा परनिर्भता घटेर जाने उनको भनाई थियो । करिब बार्षि डेढ खर्बको कृषिजन्य बस्तुको नेपालमा आयात हुने गरेको सुनाउँदै यादवले गुणस्तरिय उत्पादन वृद्धि गर्न सके बजारको अभाव नेपालमा नभएको बताए ।
कार्यक्रममा बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुरले एकात्मक ब्यवस्थाका विरुद्ध लडेर आउको संघियतामा प्रादेशिक सरकारमा समेत पुरानै रोग लागेको बताए ।
प्रदेश २ सरकार गठन भएको लामो समय सम्म पनि प्रदेश सहकारी ऐन जारी भएको छैन । कानुन अभावमा मन्त्रीहरुले मनपरि गरिरहेको उनको भनाई थियो । सप्तरी, महोत्री र रौतहट बाहेकका जिल्लाहरुलाई सहकारी मन्त्रालयले अनुदान वितरणमा विभेद गर्दै आएको उनको भनाई थियो । सप्तरी मन्त्री शैलेन्द्र साहको गृह जिल्लाहो भने रौतहट राज्यमन्त्री योगेन्द्र राय यादवको । मन्त्रीहरुले आफ्ना जिल्ला र निर्वाचन क्षेत्र भन्दा माथी सोच्न नसकेको उनको आरोप थियो ।
यस्तै कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, सप्तरंगी साकोस डुमरवानाको अध्यक्ष राजु अधिकारी लगायत ४० जनाको सहभागिता रहेको थियो ।
सहभागिहरुलाई भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ जनकपुरधामका सहकारी विभागका शाखा प्रमुख अधिकृत ओम नारायण झा, सहकारी अधिकृत रामप्रीत यादवले सहजीकरण गर्नु भएको थियो ।

 

 

Leave a Reply