निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ स्थित सुनखरी साना कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।सहकारी संस्थाका अध्यक्ष सागर दाहालको अध्यक्षतमा भएको सो कार्यक्रमको उद्धाटन प्रमुख अतिथि निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले गमलामा पानी सिँचाइ र पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।कार्यक्रममा विशिष्ट अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरो, साना किसान लघुवित्त वित्तीय संस्था इलाका कार्यालय हेटौंडाकी प्रमुख कृष्णकुमारी शर्मा, अवतार बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गोविन्द अधिकारी, क्रियशील बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक यशकुमार स्याङ्तान लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।त्यस्तैगरी निजगढ वडा नम्बर ११ का वडा सद्स्य मनमाया श्रेष्ठ, कमला माया परियार, गौरीशंकर मावि सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना लगयत कार्यक्रममा सहभागी रहनु भएको थियो ।साधारण सभाले संचालक समितिका अध्यक्ष सागर दाहालले प्रस्तुत गरेको आर्थिक ०७८÷०७९ को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष ०७९÷०८० को बार्षिक बजेट र कार्ययोजना तथा सदस्यले पेस गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका सदस्य खुशनन्द कुमरले पेस गरेको आर्थिक वर्ष ०७८÷०७९ को लेखा परीक्षणको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।कुल १४ सय ४ शेयरधनी सदस्यहरुबीच कारोबार गरेको सो सहकारीले चालु आर्थिक वर्षमा करिव ७ करोड बराबरको कारोबार भएको जानकारी दिइएको थियो । कार्यक्रममा उत्कृष्ट ऋणीतर्फ कमलामाया रुम्बा, उत्कृष्ट महिला बचततर्फ ज्ञानीमाया तामाङ्गलाई कदार पत्रसहित सम्मानित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here