राज कुमार बानिया

पोखरिया,पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा जिल्ला अनुगमन टोलीले छापामारी अवैध रुपमा ल्याइएको भारतीय चामल बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर र वीरगन्ज भन्सार कार्यालयको सयुँक्त टोलीले भिस्वा बजारमा छापा मारेर ३ सय ११ बोरा भारतीय चामल बरामद गरेको हो ।सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतका अनुसार भिस्वा बजारमा भण्डारण गरि राखिएको सूचनाको आधारमा छापामारी गरि उक्त परिमाणको चामल बरामद गरिएको हो ।उक्त चामल भिस्वा बजारस्थित बिस्मिल्लाहा मियाँ तेलीको घरमा गोदाम भाडामा लिएर भण्डारण गरिएको थियो । बरामद चामल आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here