निजगढ,निजगढको गौरीशंकर क्याम्पसमा एक जना स्थानीय समाजसेवीले अक्षयकोष स्थापनाको लागि रकम हस्तान्तरण गर्नुभएको छ ।गौरीशंकर क्याम्पस व्यवस्थापन समितिका पूर्वसदस्य तथा समितिका सल्लाहकार पद्मबहादुर भण्डारीले आफ्ना स्वर्गीय छोरा परशुराम भण्डारीको स्मृतिमा कोष स्थापना गर्न ५१ हजार १११ रुपैया हस्तान्तरण गर्नुभएको हो ।
शुक्रवार क्याम्पसमा भएको एक कार्यक्रममा भण्डारीले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबदुर श्रेष्ठलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । अक्षयकोषको रकमबाट क्याम्पसमा अध्ययनरत जेहेन्दार, गरिब, दलित विद्यार्थी र खेलाडी विद्यार्थीहरुलाई पुरस्कृत गरिने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply