वीरगन्ज,मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू आइतवार ११औँ दिन काठमाडौं पुगेका छन् । बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली बाराको निजगढ हुदै आइतवार काठमाण्डौको मातातीर्थ पुगेको हो ।मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । गाउँ(गाउँबाट आएका पीडितहरूले ¥यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका थिए । मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाण्डौका लागि हिँडेका थिए । सोमवारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।

Leave a Reply