बसन्त लामा

सिंगौल,निजगढ नगरपालिकाको सिंगौलमा रसायनिक मलको अभाव भइरहेको बेला केही व्यवसायीहरुले भने कृषि सामग्री संस्थानबाट प्राप्त भएको युरिया मलको कालोबजारी गरेर बिक्री गरिरहेको पाइएको छ ।सिंगौलको केहि पसलमा कृषि सामग्री संस्थानको लोगो भएको बोराको युरिया मल बिक्री भैरहेको पाइएपछि मलको कालोबजारी भएको बताइएको हो । किसानलाई सहुलियत दलको मल उपलब्ध गराउन नसक्ने सहकारी सस्थाहरुले ब्यापारीहरुलाई बेचेर कृषकलाई किसानलाई मार्कामा पारेका हुन ।कृषि सामग्री सस्थानको लोगो लागेको मल पसलबाट प्रतिबोरा १५०० सय रुपैया तिरेर खरिद गर्नु परिरहेको स्थानीय किसानहरुको गुनासो छ ।सिंगौलमा रहेका सहकारी सस्थामा युरिया मल अभाव भएको भनिएको अवस्थामा यसरी १५०० सय रुपैयाँमा कृषि सामग्री संस्थानकै लोगो लागेको मल बिक्री वितरण हुनुमा सो मल कहाँबाट कसरी व्यापारीको पसलमा पुग्यो भन्ने विषय किसानको लागि चासोको बिषय बनेको छ ।सहकारीमा ८७० मा पाइने युरिया मल सिंगौलमा केहि दिनयता केहि पसलहरु १५०० सयमा बिक्री हुनुले सहकारी र व्यापारीको मिलिमतोमा किसानलाई ठगी गर्ने कार्य भइरहेको अनुमान छ ।सिंगौलमा मकै, तोरी र हाइब्रिड जातको मकै लगायतको बालीको लागि अहले युरिया मलको माग उच्च छ । मलको माग उच्च भएको मौका छोपेर सहकारी र व्यापारीले कृषि सामाग्री संस्थानको मल महंगो मूल्यमा बिक्री गरेका हुन । यसरी किसानमाथि ठगी हुँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानीय किसानले चिन्ता व्यक्त गरेका छन ।

Leave a Reply